अम्बे र कोशी सहकारी संस्थाबिच एकीकरण पछिको प्रथम साधरण सभा सम्पन्न

अर्जुन राई अपहेलित १२ मङ्सिर २०७८, आइतबार ०२:४३ मा प्रकाशित

इटहरी । अम्बे बचत तथा ऋण सहकारी संस्था र कोशी बचत तथा ऋण सहकारी संस्थाबिच एकीकरण पछिको प्रथम साधारणसभा सम्पन्न भएको छ ।


शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित उक्त साधारणसभा बचत तथा रिण सहकारी संघ  सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।


शुभकामना मन्तव्यको क्रममा बोल्दै प्रमुख अतिथी शिवराज श्रेष्ठले सहकारीको कार्य र भावि योजनाहरु सेयर सदस्यहरुको हितमा रहेको उल्लेख गर्दै यस साकोसले सेयर सदस्यहरुलाई आफ्नै सहकारीको महसुस प्रत्याभूत गराएको बताए । 


कार्यक्रममा सञ्चालक समिती सदस्य टिकाराम बास्कोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रेरणा साकोस जुम्काका अध्यक्ष  मादव कट्टेलले शुभकामना मन्तव्य व्यक्त गरेका हुन्  । 


उक्त साधारणसभामा साकोसका अध्यक्ष फडिन्द्र पुर्बछाने मगरले वार्षिक प्रतिवेदन र विवेक श्रेष्ठले लेखा समितिको विवरण प्रस्तुत गरेका थिए ।


आज सम्पन्न साधारण सभाले फडिन्द्र पुबछानेको अध्यक्षतामा ११ सदस्यीय संचालक  समिति  सर्वसम्मत गठन गरेको छ । साकोशका संचालक समिति तथा रिण समिति संयोजक सागर राईले उक्त कार्यक्रमको सञ्चालन गरेका हुन् ।


अम्बे कोशीका अध्यक्ष फडिन्द्र पुर्बछाने मगरको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा विशिष्ट अतिथी एवं राष्ट्रिय सहकारी बैंक प्रमुख चिरञ्जीवी  तिमल्सिना अम्बे कोशीका उपाध्यक्ष देबेन्द्र बस्नेत, संचालक समिती सद्स्यहरु टेकबहादुर चर्मकार, दुर्गा प्रसाद धिताल, टिकाराम बास्कोटा, गिता ढकाल,  मिनकुमर सारु मगर लगाएत साकोसका दुई हजार पचास जना सेयर सदस्यहरुको उपस्तिथि रहेको थियो ।