आज २३ आषाढ २०८२ सोमवारको राशिफल

न्युजलय २३ असार २०८२, सोमबार ११:३२ मा प्रकाशित

मेष । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह गर्नुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष । दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्यक्षेत्रमा आएका चुनौतीहरूलाई पन्छाएर कार्यसम्पादन गर्न सकिनेछ। आयस्रोत बढाउनको लागि नयाँ योजना बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । समय र परिस्थिति विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोला। दोहोराएर प्रयत्न गर्दा कार्यक्षेत्रमा राम्रो सफलता मिल्नेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट । कुनै शुभ समाचारले कार्यक्षेत्रमा थप उत्साह जाग्नेछ। मनपर्दो खानपान र पहिरनले मन रमाउनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह । मनमा रहेका नकारात्मक सोचलाई त्यागनुहोस्। आफ्नो मनपरेको कार्यमा समय दिन पाइनेछ। कार्यक्षेत्रमा अरुको विश्वासमा अधुरो काम नछोड्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या । व्यापार व्यवसायमा थप उत्साह जाग्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

तुला । हजुरले बोलेको कुराहरुले अरुको मन दुख्न सक्ला यो कुराको ध्यान राखौं। युवाहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्ला। महत्त्वपूर्ण निर्णयहरूमा परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । कार्यक्षेत्रमा नँया जिम्मेवारी प्राप्त हुनेछ। सेवामूलक कार्यबाट आफूलाई चिनाउन सक्नुहुनेछ। चुनौतीपूर्ण कार्यलाई सजिलो पार्न सकिनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु । शैक्षिक रोजगारमा सफलता मिल्नेछ। सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर । कार्यक्षेत्रमा योजन अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसाय मनज्ञ लाभ आर्जन हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ । व्यापारमा योजना बनाएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। हजुरको व्यवहारले अरुमाथि सकारात्मक प्रभाव पर्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन । धार्मिक कार्यहरूमा रुचि बढ्नेछ। रोकिएका कार्यहरू बन्नेछन्। सामाजिक क्षेत्रमा कार्य गर्दै धेरैको उपकार गर्न सकिनेछ। पहिलाको उपलब्धिले थप उत्साह जाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

स्रोत हाम्रोपात्रो