इटहरीमा पृथ्वी जयन्ती भब्यताका साथ मनाइने

न्युजलय २४ पुस २०७८, शनिवार ०५:०२ मा प्रकाशित

इटहरी । इटहरीमा पृथ्वी नायारण शाहको ३०० औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाइने भएको छ । 

विगतका वर्षहरुमा झैँ यस वर्ष पनि इटहरीमा पौष २७ गते  नेपाल एकिकरणका नायक, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती धुमधामका साथ मनाउने तयारी गरिएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समितिले जानकारी दिएको हो ।

मुल समारोह समितिका अनुसार जयन्ती तथा एकता दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । 

यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले बताए । 

यस वर्ष पनि पृथ्वी नारायण शाहको स्वरुप बनाएर सूर्य निरौलालाई घोडसवार गराएर झाँकी प्रदर्शन सहित बजार परिक्रमा गरिने बताउदै राष्ट्र निर्माता शाहको जन्मदिनलाई भव्यताका साथ मनाउन सम्पूर्ण देशवासीलाई समेत पत्रकार सम्मेलनमा आग्रह गरे । 

उनले पृथ्वी जयन्ती कार्यक्रम आयोजक समिति भित्रैबाट रकम संकलन गरेर कार्यक्रम सम्पन्न गर्ने समेत जानकारी दिए ।