उदयपुरमा नौ वर्षीया बालिका बलात्कृत

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०७:१८ मा प्रकाशित

उदयपुर । उदयपुरमा नौ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ का ४५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरेको छ । 

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुरा फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।