उवासंघ इटहरीका अध्यक्ष भिम पौडेलले हाँसपोसा र खनार रेडक्रसलाई एम्बुलेन्स दिने

न्युजलय २२ माघ २०७८, शनिवार ०९:४६ मा प्रकाशित

 इटहरी । उद्योग वाणिज्य सघं इटहरीका अध्यक्ष तथा व्यवसायी भिम बहादुर पौडेलले नेपाल रेडक्रस सोसाईटी खनार र हासपोसाँ उपशाखालाई एम्बुलेन्स प्रदान गर्ने भएका छन् ।

हासपोसा र खनार आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन एम्बुलेन्स प्रदान गर्ने भएका हुन् ।

केही समय अगाडी पौडेलले नेपाल रेडक्रस सोसाईटी हाँसपोसा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रेडक्रस हाँसपोसा र उपशाखालाई निःशुल्क एम्बुलेन्स दिने घोषणा गरेका थिए । 

सामाजिक उत्तरदायित्व अन्तरगत ब्यवसायी समेत रहेका पौडेलले सामाजीक विभिन्न सहयोगहरु गर्दै आएका छन् ।