काठमाडौं । नेकपा एमालेले परिमार्जित वेबसाइट संचालनमा ल्याएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार(आज) सीपीएनयूएमएल डट ओआरजी सार्वजनिक गरेका हुन् ।
वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।
वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।