मोरङ । सुन्दरहरैंचाकी १८ महिने नाबालिगलाई बलात्कार गरी हत्या गरेको घटनाको विरोधस्वरुप आन्दोलन गरिएको भिडियो खिचिरहेकी एक पत्रकारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उर्लाबारीबाट सञ्चालित पूर्वी कमाण्ड डटकम अनलाइनकी पत्रकार सम्झना राईसहित स्थानीय आन्दोलनकारीलाई इलाका प्रहरी बेलबारीले मंगलबार साँझ गछिया चोकबाट पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको हो।
राईले हण्ड्रेड प्लस न्युज युट्युब पनि सञ्चालन गर्दै आएकी छन्।