फिफा ‘द वेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०१:५४ मा प्रकाशित

काठमाडौं । फिफाले वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार ‘द वेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको हो।


फिफाले सार्वजनिक गरेको मनोनयनको मध्ये पुरूषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् ।

 

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् । महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । महिला र पुरुष गोलकिपरतर्फ समान ५ जना मनोनयनमा परेका छन् ।

 

पुरुष खेलाडीहरु मध्ये लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, केलियन एमबाप्पे, नेयमार र मोहमद सलाह, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे मनोनयनमा परेका छन्। 


यस्तै, महिला तर्फ स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर र इङ्ल्याण्डकी एलेन ह्वाइट मनोनयनमा परेका छन्।


फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ। फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ।