काठमाडौँ । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार कोरोनाको सङ्क्रमण दर १० प्रतिशतभन्दा बढी छ ।
जनस्वास्थ्यविद्हरूले कोरोना महामारीको चौथो लहर सुरु भएको बताएपनि सरकारले भने यस विषयमा छलफल सुरु गरिसकेको छैन । नेपालमा अहिले देखिएको कोरोना भाइरसको प्रकार बीए ५ हो । भारतमा पनि यही प्रजातिको कोरोना संक्रमण बढिरहेको छ ।