कानेपोखरीमा ट्रयाक्टको ठक्करबाट बृद्ध राईको मृत्यु

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार १०:१३ मा प्रकाशित

 मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट बृद्धको मृत्यु भएको छ ।

 सोमबार बिहान प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ–५ का ८१ बर्षीय मान बहादुर राई ठक्कर दिदा घाईते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।