काठमाडौं । अमेरिकी गायक आर केलीलाई यौन शोषणको आरोपमा ३० वर्ष जेल सजाय सुनाइएको छ। उनको पूरा नाम रोबर्ट सिल्भेस्टर केली हो।
उनीमाथि लामो समयदेखि महिला र बालबालिकामाथि यौन शोषण गरेको आरोप लाग्दै आइरहेको थियो। भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार यौन दुर्व्यवहारसहित नौवटा मुद्दामा दोषी ठहरिएपछि उनलाई ३० वर्ष जेल सजाय सुनाइएको हो।
केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म यौन शोषण गरेका थिए। उनले पीडितहरूलाई होटलको कोठा वा उनको रेकर्डिङ स्टुडियोमा थुनेर राखेको खुलासा भएको छ। उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए।
केली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए। सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए।