दाङमा मोटरसाइकल र हायस ठोकिँदा आगलागी, एक जनाको मृत्यु

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०२:१९ मा प्रकाशित

काठमाडौं । दाङमा मोटरसाइकल र हायस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आइतबार राति करिब ९ बजे तुलसीपुर-घोराही सडकखण्डमामा मोटरसाइकलसँग ठोकिँदा हायसमा आगलागी भएको स्थानीयले बताएका छन् । 

 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ का २१ वर्षीय रेशम चौधरी रहेका छन् । 


घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भइसकेपछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको बताइएको छ । गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।