काठमाडौं । नेकपा (एमाले) विद्यार्थी संगठन अनेरास्ववियुले प्रदेश नं. १ को कार्यालय उद्घाटन गरेको छ । विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको उद्घाटन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज गरेकी हुन् ।
कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, एमाले प्रदेश १ का सचिव विनोद ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी नेताहरू पनि सहभागी थिए ।