एनपीएलः क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर बीच प्रतिस्पर्धा हुँदै

न्युजलय २४ मङ्सिर २०८२, मङ्गलबार ०७:३४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ । सुदूरपश्चिम लगातार दोस्रो सिजन क्वालिफायरमा पुगेको हो भने विराटनगर पहिलो पटक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंसिर २३ गते सुदूरपश्चिम र विराटनगरबीच अपराह्न ४ बजे खेल सुरु हुनेछ । सुदूरपश्चिम गत सिजनको उपविजेता हो । 

पहिलो सिजनमा छैँटौ स्थानमा यात्रा टुङ्ग्याएको विराटनगर जारी सिजनमा उपाधि दावेदारका रूपमा अघि बढिरहेको छ । 

जारी एनपीएलमा सुदूरपश्चिम र विराटनगरबीचको यो दोस्रो भिडन्त हो । यसअघि शनिबार भएको लिग चरणको २६ औँ खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । र यो सुदूरपश्चिमको पहिलो र एक मात्र हार थियो ।