उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ का २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ ।
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका–१४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गर्ने क्रममा आज उनको फेला पारेको हो ।