काठमाण्डौ । आइतबार (आज) नेप्से सूचकमा ११ अंकको गिरावट आएपनि कारोबारमा भने अनपेक्षित गिरावट आएको घ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको हो ।
आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।
आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।