कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा विरोध

न्युजलय १७ भदौ २०८०, आइतबार ०८:१४ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा किराँत समूदायले विरोध स्वरुप किरात थाक्थुङ चुम्लुङको स्थापना दिवस मनाएका छन् । 

ललितपुरको जावलाखेलमा उनीहरुले प्रदेशको नाम कोशी खारेज गनुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्वुवान किरात कायम गर्नुपर्ने भन्दै सडकमा नै किरात थाक्थुङ चुम्लुङको ३५ औै स्थापना दिवस मनाएका हुन् । 

सांस्कृतिक पहिचानसहित भेला भएका उनीहरुले १ नम्बर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने मुख्य माग रहेको जनाएका छन् । राज्यले आफुहरुमाथि विभेदकारी नीति लिएको र पहिचान मास्ने काम गरेकाले लोकसांस्कृतिक बाजासहित बाध्य भएर स्थापना दिवस मनाउनुपरेको उनीहरुले बताएका छन् । 

त्यस्तै उनीहरुले पहिचानका आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।