आमाको हत्या आरोपमा उर्लाबारीका भण्डारी पक्राउ

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:५२ मा प्रकाशित

विराटनगर । मोरङमा आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

उर्लाबारी ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारी पक्राउ परेका हुन् । आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रमाया भण्डारीमाथि दाउराको चिरपटले प्रहार गरेको प्रहरीले जनाएको छ।