कोशीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

न्युजलय ३१ बैशाख २०८१, सोमबार ०७:१९ मा प्रकाशित

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले विपक्षी बेन्चमा बसेर तटस्थमा मतदान गर्ने निर्णय गरेको बताइएको छ । यसअघि भने राप्रपाले हिक्मत कार्की नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको थियो ।

यस्तै, आज बसेको बैठकले प्रेमराज थामसुहाङ उपनेता र सविना बजगाईँलाई प्रमुख सचेतकमा चयन गरेको छ ।