कांग्रेस झापाको सचिवमा निर्वाचित भएसँगै हुमागाईंले त्यागे सक्रिय पत्रकारिता

न्युजलय ५ पुस २०७८, सोमबार ०२:१३ मा प्रकाशित

झापा । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन्।


नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापतिसमेत रहेका हुमागाईंले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरे।


नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईंले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका हुन्।


उनले आइतबार नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन्।