नेपालमा सबैभन्दा धेरै कैदी बलात्कार मुद्दाका

न्युजलय १७ साउन २०७९, मङ्गलबार ०१:४९ मा प्रकाशित

काठमाडौं । नेपालका कारागारहरुमा बलात्कारका दोषीहरु धेरै रहेको पाइएको छ । देशभरका ७४ कारागारमा रहेका २६ हजार दुई सय ४० कैदीबन्दीमध्ये जबर्जस्ती करणी मुद्दाका मात्रै सात हजार एक सय १८ छन्, जुन २७.१३ प्रतिशत हो । विगतमा कर्तव्य ज्यान र लागुऔषध तथा चोरी मुद्दाका कैदीबन्दी धेरै हुन्थे ।

दोस्रो कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका पाँच हजार चार सय ४६ र लागुऔषध मुद्दाका चार हजार आठ सय ४४ कैदीबन्दी छन् । त्यस्तै, चोरी मुद्दाका कैदीबन्दीको संख्या दुई हजार पाँच सय ६९ छ ।