काठमाडौं । नायिका केकी अधिकारीले बुधबार गोप्यरुपमा विवाह गरेकी छिन् । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले ‘हाम्रो बजार’को सिईओ रोहित तिवारीसँग विवाह गरेकी हुन् ।
पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।
रोहित पेसाले एक व्यवसायी हुन् । रोहित अनलाइन सपिङ प्लाटफर्म हाम्रो बजार डटकमको प्रमुख कार्यकारी अधिकृत हुन् ।
तिवारी चर्चित अनलाइन फुड डेलिभरी कम्पनी फुडमारीयोका संस्थापक समेत हुन्। केकीका समकालिन अभिनेत्रीहरु विवाह बन्धनमा बाधिइसकेका छन् । केकी नेपाली सिने क्षेत्रमा संस्कारी नायिकको रुपमा परिचित छन् ।