झापा। झापाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्। दमक नगरपालिका– १ का २६ वर्षीय प्रकाश सिटौलालाई लागुऔषध सहित पक्राउ गरेको हो।
शनिबार बेलुका ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नाइट्रभेट ७५ ट्याब्लेट र स्काउफ १०० एमलको ७ बोतल फेला पारेको थियो।
पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।