शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन गरिने

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०७:५४ मा प्रकाशित

काठमाडौं । आउँदो महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने भएका छन् ।


महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिका अनुसार उल्लेखित संख्यामा सुरक्षाकर्मी परिचालित हुने भएका हुन् । समितिले विभिन्न १० उपसमिति गठन गरेको जानकारी दिएको छ ।

 

विगतका वर्षभन्दा यो वर्ष भव्य रूपमा पशुपत क्षेत्र सजाइने बताइएको छ ।

 

समितिले यो वर्ष महाशिवरात्रिमा १० लाख भक्तजन पशुपतिनाथ दर्शन गर्न आउने अनुमान गरेको छ ।