काठमाडौँ । बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै आएका विद्याथीहरु र नोबेल मेडिकल कलेजबीच सहमति भएको छ ।
शिक्षा मन्त्रालयका अनुसार चिकित्सा शिक्षा स्नातक तहमा आयोगले निर्धारण गरेकोभन्दा बढी शुल्क नलिने सहमति भएको छ । सहमतिपछि मंसिर १९ गतेदेखि पढाई फेरी सुरु हुने भएको छ ।
नोवेल मेडिकल कलेजका जनसम्पर्क प्रमुख नारायण दाहालकाअनुसार होस्टेल शुल्क १० हजारमा झारिएको छ । यस अगाडी १२ हजार थियो । त्यस बाहेक होस्टलमा बस्दा प्रयोग गरिने, पानी, बिजुली, वाईफाई लगायतका शुल्कहरु बुझाउनुपर्नेछ । होस्टेल वापतको रकम अग्रिम भुक्तानी हुनुपर्ने उल्लेख छ ।
सहमति पत्रमा कलेज प्रशासनको तर्फबाट कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, जनसम्पर्क अधिकृत नारायण दाहाल र विद्यार्थीहरुकोतर्फबाट वीरेन्द्रकुमार, राजेन्द्रबहादुर थापा, रामकुमार भट्राईले हस्ताक्षर गरेका छन् ।