पाँचथरको अमरपुरमा पुरुषको शव फेला

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०७:०० मा प्रकाशित

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित भिरफेदी जंगलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

किरा परेको अवस्थामा करिब ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। 

सेतो र नीलो रङको हाफ भेष्ट र कालो जिन्स पेन्ट लागाएको कपाल र दारी पालेको र अगाडीको दुई ओटा दाँत नभएको अवस्थामा शव भेटिएको हो । 

शवको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।