मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको चुनाव गर्ने सरकारको निर्णय

न्युजलय १९ साउन २०७९, बिहिबार १०:०४ मा प्रकाशित

काठमाण्डौ । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव गर्ने भएको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो । 

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो । बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । 

गठबन्धनको सुझावअनुसार नै चुनावको मिति घोषणा भएको हो । यसअघि निर्वाचन आयोगले मंसिरको २ गते चुनावको मिति घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि मंसिर ४ गते उपयुक्त हुने बताएका थिए ।