सरकारद्वारा एकैपटक २४ सहसचिवको सरुवा

न्युजलय ७ भदौ २०७९, मङ्गलबार ०३:१६ मा प्रकाशित

काठमाडौं । सरकारले सङ्घ तथा प्रदेश तहका २४ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको होे ।


अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा, झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सङ्घको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।