धरानमा पुनः बेवारीसे शव फेला

शंकर खत्री १८ फाल्गुण २०७८, बुधबार ०१:२० मा प्रकाशित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ४ कोशी राजमार्गको धरान–भेडेटार खण्डमा एक पुरुषको शव फेला परेको छ । धरान ४ को देवीथान नजिकको सडक किनारमा बेवारीसे अवस्थामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 


मंगलबार विहान ९ बजे बेवारीसे अवस्थामा भेटिएको शवको अझै पहिचना भइनसकेको प्रहरीले जानकारी दिएको छ । मृतक मागेर हिँड्ने व्यक्ति भएको स्थानीयले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । उनी केहि दिन देखि भेडेटार क्षेत्रमा माग्दै हिँडेको स्थानीले देखेका थिए । उनिको हत्या नभइ अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 


उनी शरिरमा कुनै चोट नदेखिएकाले हत्या भएको हो भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि धरानस्थिति वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचना र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।