राष्ट्रिय भूमि आयोगद्वारा सुन्दरहरैंचामा सुकुम्बासीका लागि जग्गा नापजाँच सुरू

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०४:४६ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा जग्गाको नापजाँच सुरू भएको छ । 

राष्ट्रिय भूमि आयोगले बुधबारदेखि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरू गरेको हो।

सुन्दरहरैंचा –१० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरू गरिएको छ।

भूमि आयोगसँग सम्झौता गरी काम थालेको सुन्दरहरैंचा पहिलो नगरपालिका हो। यो नगरपालिकामा १२ वटा वडा छन्। ती १२ वटैमा सुकुम्बासी र भूमिहीन दलित छन्।