यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०१:५२ मा प्रकाशित

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव न्यून छ ।


बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ ।


दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।


गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।