धनकुटामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय ७ असोज २०८१, सोमबार ०६:१९ मा प्रकाशित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–६ धाराचोकस्थितमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्र १–०२–०४४ प ८४५० नम्बरको मोटरसाइकल र को ३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा को ३१ प ३१९६ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–६ बस्ने ३८ वर्षीय बलबहादुर चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।