पत्रकार कुटेर लखेट्ने प्राधिकरणका ७ जना कर्मचारी प्रहरीको नियन्त्रणमा

न्युजलय ३३ असार २०७९, आइतबार ०३:०८ मा प्रकाशित

चितवन । पत्रकारमाथि कुटपिटमा संलग्न विद्युत प्राधिकरणका सात जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्यलाई केन्द्रका कर्मचारीले कुटेपछि पत्रकारसम्बद्ध संस्थाहरुले दोषीलाई पक्राउ र कारवाहीको माग गरेका थिए । 

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए।

आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन् ।