नेपाल आइपुग्यो १ लाख ६२० डोज फाइजर–बायोएनटेक खोप

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०८:४९ मा प्रकाशित

 काठमाण्डौ । सरकारले नेपालमा पहिलोपटक १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने फाइजर–बायोएनटेक खोप ल्याएको छ ।

शुक्रबार(आज)  पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले यो खोप नेपाल आइपुगेको जनाएको हो ।  

कोभ्याक्स सुविधाअन्तर्गत आएको यो खोप पहिलो चरणमा १ लाख ६२० डोज मात्र नेपाल आइपुगेको हो ।  फाइजर–बायोएनटेक खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका विशेषतः ८ प्रकारका दीर्घ रोगी बालबालिकालाई लक्षित गरेर लगाइने मन्त्रालयले जनाएको छ ।