सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको बताइएको छ । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बताइएको छ ।