मेडिकल काउन्सिलको परीक्षा माघ १४ र १५ गते

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०१:१७ मा प्रकाशित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ गते हुने भएको छ । मंसिर २६ देखि पुस २६ गतेसम्म अनलाइन फारम खुलेको छ ।

काउन्सिलका अनुसार मंसिर २६ देखि पुस २६ गतेसम्म नियमित रुपमा फारम भर्न सकिन्छ। त्यस्तै पुस २७ र २८ गते विलम्ब शुल्क तिरेर फारम भर्न सकिनेछ ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था २४ घन्टा खुल्ला रहने सूचनामा उल्लेख छ । परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुनेछ ।