रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु

न्युजलय २ माघ २०८०, मङ्गलबार ०८:०२ मा प्रकाशित

 काठमाडौं । रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो। साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए। 

साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए। तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ।