विराटनगरमा सिटौलाले गरे मनोनयन दर्ता

न्युजलय २३ पुस २०८०, सोमबार ०५:४३ मा प्रकाशित

 विराटनगर । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् । सिटौलाले सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा सिटौलाले मनोनयन दर्ता गराएका हुन् । सिटौलाको समर्थकमा हिमाल कार्की तथा प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।

अघिल्लो वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए ।