इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज १०५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५१ महिला र ५४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।