इटहरी । झापाको बाह्रदर्शी गाउँपालिका २ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा खत्वेलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।