स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि

न्युजलय २८ भदौ २०८०, बिहिबार ०६:१८ मा प्रकाशित

काठमाडौं । स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । हृद्धयघातका कारण नेम्वाङको गत मंगलबार विहान निधन भएको थियो । 

उनी संविधान सभा अध्यक्ष, पूर्व सभामुख पनि हुन् । गत मंसिर ४ गते भएको निर्वाचनमा पनि उनी इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०५६ सालदेखि उनले कहिल्यै पनि संसदीय निर्वाचन हार्न परेको थिएन । नेम्वाङका दुई छोरा र दुई छोरी छन् ।