सुनसरीमा ३१५ जनाले गरे माओवादी परित्याग, नेकपा समाजवादीमा प्रवेश

न्युजलय २१ पुस २०७८, बुधबार ०८:४४ मा प्रकाशित

इटहरी । सुनसरीमा लामो समयदेखि नेकपा माओवादीमा सक्रिय ३१५ जनाले माओवादी पार्टी परित्याग गरी नेकपा समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् । 

आफ्ना नातगोता तथा परिवारका सदस्यहरुलाई पद दिएर संरक्षण गरको तर, युद्धका घाइते तथा शहिद परीवारलाई बेवास्ता गरेको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

पार्टीले दलाल पुजिपतीको संरक्षण गरेको उनीहरुको आरोप छ । प्राध्यापक अर्जुन उप्रेती, डा. खगेन्द्र ओली लगायतका उनीहरुले नेकपा माओवादी पार्टी परित्याग गरी नेकपा समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् । 

नेकमा माओवादी बैचारीक अस्प्रस्टता र संस्कृतिक रुपमा बिचलन भएको समेत उनहिरुले आरोप लगाएका छन् ।