खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् । जिल्लाको सातौं जिल्ला अधिवेशनले दंगाललाई अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, सहसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई छनोट भएका छन् । यससँगै अधिवेशनबाट एक सय १९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
अधिवेशनले ७७ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरेको छ ।