देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली रहने

न्युजलय ९ माघ २०७८, आइतबार ०१:१९ मा प्रकाशित

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।


सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भूभागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।


आज (आइतबार)दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ । 


कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना छ ।