लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

न्युजलय १४ भदौ २०७९, मङ्गलबार ०१:४२ मा प्रकाशित

बुटवल । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेशले सार्वजनीक बिदा दिएको छ । महिलाहरुका लागि राष्ट्रिय बिदा भए पनि प्रदेशले पहिलो पटक तीजमा सबैका लागि बिदा दिएको हो । 

 

प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले चाडबाडमा पारिवारिक माहोलमा रमाउने वातावरण सिर्जना गर्न सार्वजनिक बिदा दिएको बताए ।