नेपालमा २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि

न्युजलय ११ माघ २०७८, मङ्गलबार १०:४२ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

एन्टिजेन र पीसीआर विधिबाट गरिएको २५ हजार ९०९ परीक्षणमा देशभर १२ हजार ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

१८ हजार १०३ पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ एन्टिजेन जाँच गर्दा २ हजार ५७६ जना संक्रमित फेला परेका हुन् । २४ घण्टाको अवधिमा ३ हजार ४० जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।