काठमाडौं । पिपुल्स पावर लिमिटेडले मंगलबार(आज) देखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन खुला गरेको हो ।
प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको छ ।
जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।