नेप्से ८४ अंकले घट्यो

न्युजलय ३ जेठ २०७९, मङ्गलबार ०९:१६ मा प्रकाशित

काठमाडौं । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८४ अंकको गिरावट आएको छ । 

आज  २३ सय ४९ अंकबाट कारोबार सुरू भएको थियो । कारोबार सुरू भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक २२ सय अंकतर्फ आएर रोकिएको हो । यससँगै, आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक ८५ अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । 

यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।