काठमाण्डौ । बिहिबार(आज) सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच नेप्से परिसूचक १५ अंकले बढेको हो ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।