काठमाण्डौ । बिहिबार(आज) सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।
यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।